माधव नेपालको छातीको सिटी स्क्यान गरियो-Sutra News

माधव नेपालको छातीको सिटी स्क्यान गरियो

बिहिबार, १४ असोज २०७८

बिहिबार, १४ असोज २०७८

काठमाडौं- नेकपा (समाजवादी एकीकृत)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालको छातीको सिटी स्क्यान गरिएको छ ।



ज्वरो, वान्ता आउने, पेटको गडबढी र छातीमा समस्या भएपछि बुधबार त्रिवि शिक्ष अस्पातल भर्ना भएका उनको बिहीबार सिटी स्क्यान गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

उनका अनुसार शरीरको तापक्रम, रक्तचापको अवस्था भने सामान्य रहेको छ । अध्यक्ष नेपालको अहिले मौसमी भाइरल ज्वरोको उपचार भइरहेको अधिकारीले जानकारी दिए । उनका अनुसार अध्यक्ष नेपालको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट