एमाले र राप्रपाले बहिष्कार गरेको सर्वदलीय बैठकमा कोको छन् सहभागी ?-Sutra News

एमाले र राप्रपाले बहिष्कार गरेको सर्वदलीय बैठकमा कोको छन् सहभागी ?

बिहिबार, १४ असोज २०७८

बिहिबार, १४ असोज २०७८

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक  जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर देखिअगाडी सुरु भएको हो । 



आजको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भने उपस्थित रहेका छैनन् ।   उनीहरुले सार्वजनिक रुपमा नै बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए । 

बैठकमा प्रधानमन्त्री तथा सभापति देउवा र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ उपस्थित छन् ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसाल सहभागी छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव र  लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्रको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट