माधव नेपाल अस्पताल भर्ना-Sutra News

माधव नेपाल अस्पताल भर्ना

बुधबार, १३ असोज २०७८

बुधबार, १३ असोज २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्पताल भर्ना भएका छन् ।



अध्यक्ष नेपाल ज्वरो र खोकी कम नभएपछि बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको उनको सचिवालयले जनाएको छ ।

स्वकीय सचिव मोहन गौतमले भने, ‘माधव नेपालज्यू ज्वरो र खोकीको समस्याका कारण आज त्रि.वि.शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको छ ।’

उनका अनुसार अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट