कांग्रेस अधिवेशनमा शिक्षक संघ सोलुखुम्बूले मतदान अधिकृत नखटाउने-Sutra News

कांग्रेस अधिवेशनमा शिक्षक संघ सोलुखुम्बूले मतदान अधिकृत नखटाउने

आइतबार, १० असोज २०७८

आइतबार, १० असोज २०७८

सोलुखुम्बू- नेपाली कांग्रेसको १२ असोजमा हुने पालिका तथा उपल्लो तहका अधिवेशनमा नेपाल शिक्षक संघ सोलुखुम्बूले शिक्षकलाई मतदान अधिकृत नखटाउने भएको छ ।



नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लालप्रसाद बाँस्तोलाले १० असोजमा एक प्रेस विज्ञप्ति जारी गर्दै वडा अधिवेशनबाट प्रतिनिधि भएर आएका शिक्षकलाई पार्टी नेताहरूकै अगुवाइमा गाली गलोज तथा मुद्दा मामिला गर्ने घृणित कार्य भएकाले मतदान अधिकृत नखटाइने जानकारी दिए ।

शिक्षकहरू राजनीतिक दलको कार्यकारी पदमा रहन नपाउने तर क्षेत्रीय प्रतिनिधि कार्यकारी पद नभए पनि सोलुखुम्बूमा पार्टीकै नेताहरू अदालत गुहार्न जानु दुःखद् भएको शिक्षक संघको ठहर छ ।

यसअघि वडा अधिवेशनबाट प्रतिनिधिको रूपमा चुनिएका शिक्षकको उक्त जिम्मेवारी खारेजीको माग गर्दै कांग्रेस नेता बलबहादुर केसी निकटका नेताहरूले अदालतमा रिट दायर गरेका थिए । 

शिक्षक संघले मतदान अधिकृत नखटाउने भएसँगै मतदान अधिकृतको विकल्पको खोजी भइरहेको नेपाली कांग्रेस सोलुखुम्बूले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट