कांग्रेस पालिका अधिवेशन: पोखरा महानगरपालिकाको मतगणना जारी-Sutra News

कांग्रेस पालिका अधिवेशन: पोखरा महानगरपालिकाको मतगणना जारी

आइतबार, १० असोज २०७८

आइतबार, १० असोज २०७८

पोखरा- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्कीका सबै पालिकामा अधिवेशन सम्पन्न भएका छन् । यसक्रममा चार गाउँपालिकामा नयाँ नेतृत्व चयन भएका छन् भने पोखरा महानगरपालिकाको सभापति पदका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणना अहिले पनि जारी छ ।



अन्नपूर्ण र रुपा गाउँपालिकामा सर्वसम्मत र माछापुच्छ्रे र मादी गाउँपालिकामा निर्वाचनद्वारा नेतृत्व चयन भएको थियो । मादीमा सभापतिमा यामबहादुर गुरुङ देविजंग गुरुङलाई एक मतले पछि पार्दै यामबहादुर निर्वाचित भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

विजयी गुरुङले ९३ मत प्राप्त गर्दा प्रत्याशी देवीजंगले ९२ मत पाएका थिए । उपसभापतिमा लिला मोहन कुइकेल र कृष्ण चन्द्र बराल निर्विरोध निर्वाचित भए । सचिवमा भोज बहादुर गुरुङ र देवि जंग गुरुङ, सहसचिवमा तेज बहादुर रानाभाट र बोधनाथ ढकाल (राजु) निर्वाचित निर्वतमान सचिव भानु ढकालले जानकारी दिए ।

माछापुच्छ्रे गाउँपालिकाको अधिवेशनबाट सभापतिमा वीरेन्द्र गुरुङ निर्वाचित भए । उनले विसं २०७४ को स्थानीय तहका निर्वाचनमा कांग्रेसबाट वडा नं १ को वडाध्यक्षमा निर्वाचित भएका थिए । यसैगरी अन्नपूर्ण गाउँपालिका सभापतिमा दोस्रो कार्यकालका लागि मनपति भण्डारी निर्विरोध निर्वाचित भए ।

उपसभापतिद्धयमा सुशील भट्टचन र गौमाया नेपाली निर्वाचित भए । यसैगरी सचिवमा कृष्णप्रसाद सुवेदी र विजय गुरूङ तथा सहसचिवमा धुव्र घले र मुक्ति गुरूङ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका अन्तरगतका वडा कार्यसमितिको नेतृत्व पनि यसअघिनै सर्वसम्मत चयन गरिएको थियो । रूपा गाउँपालिकामा सभापतिमा बिमलबाबु न्यौपाने, उपसभापतिमा गेसबहादुर गुरूङ र शंकरलाल श्रेष्ठ, सचिवमा बुद्धिबहादुर खड्का र र विकल ओझा, सहसचिवमा निर्मल केसी र विकास ओझा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट