ताप्लेजुङका ७ पालिकामा कांग्रेसकाे नेतृत्व छानियाे-Sutra News

ताप्लेजुङका ७ पालिकामा कांग्रेसकाे नेतृत्व छानियाे

आइतबार, १० असोज २०७८

आइतबार, १० असोज २०७८

ताप्लेजुङ- नेपाली कांग्रेसले ताप्लेजुङका ९ स्थानीय तहमध्ये ७ स्थानीय तहको पालिका अधिवेशनसँगै नेतृत्व चयन गरेको छ । शनिबारबाट सुरु भएको फुङ्लिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकाको अधिवेशनको प्रकृया सकिएको छैन भने नेतृत्व चयन हुनसमेत बाँकी छ ।



जिल्ला निर्वाचन अधिकृत तिलक पाण्डेले फुङ्लिङ र सिदिङवामा आइतबार नेतृत्व चयन हुन जानकारी दिए । नेतृत्व चयन भएका ७ मध्ये ४ स्थानीय तहमा सहमतिका आधारमा नेतृत्व चयन भएको कांग्रेसले जनाएको छ ।

आठराई त्रिबेणी गाउँपालिकामा गाउँपालिका अध्यक्षसमेत रहेका विश्वनाथ सिटौला सभापति रहेको समिति बनेको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिकामा भद्रकुमार बोखिम सभापतिमा चयन भएका छन् भने मैवाखोला गाउँपालिमामा खगेन्द्र थत्लुङ लिम्बूको नेतृत्वमा पालिका समिति चयन भएको छ ।

दुई आकांक्षी देवी कार्की र गणेश खिम्दिङबीच सहमति नभएपछि पाथिभरा याङ्वरक गाउँपालिमा भने कांग्रेसले राम थेबेलाई सभापति चयन गर्दै नेतृत्व सर्वसम्मत बनाएको छ ।

सिरिजंगा गाउँपालिमामा पालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर २ आम्बेगुदिनका वडाध्यक्ष लालकृष्ण चौहान नेपाली कांग्रेसको गाउँ सभापति बनेका छन् । उपसभापति, सचिवसहितका अधिकांस पदमा दुई पक्षबीच प्रतिस्पर्धा हुँदा चौहानले भुवानी (भीम) दाहाललाई पराजित गरेका छन् ।

यस्तै मिक्वाखोला गाउँपालिकामा पञ्च थलङ सभापति बनेका छन् । भक्तबहादुर कार्कीलाई पराजित गर्दै थलङ सभापति बनेका हुन् । यस्तै मेरिङ्देन गाउँपालिकामा जयबहादुर खड्का सभापतिमा निर्वाचित भएका छन् । मेरिङ्देन गाउँपालिका वडा–५ थुकिमाका वडाध्यक्षसमेत रहेका खड्का फुर्वा शेर्पालाई पराजित गर्दै सभापति चयन भएका हुन् ।

ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङमा शनिबार नेतृत्व चयन हुन सकेन । सभापति बाहेकका सबै पदमा सहमति जुटेको पनि नगर सभापतिका लागि सुरेश सिंघक र युवराज बरालबीच सहमति जुटेको छैन । आइतबार बिहान सहमतिको प्रयास गर्ने र नभए निर्वाचनमार्फत नेतृत्वको चयन हुने निर्वाचन अधिकृत पाण्डेले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट