बैतडीमा कांग्रेस अधिवेशन : कुन पालिकामा को बने पदाधिकारी (नामावलीसहित)-Sutra News

बैतडीमा कांग्रेस अधिवेशन : कुन पालिकामा को बने पदाधिकारी (नामावलीसहित)

आइतबार, १० असोज २०७८

आइतबार, १० असोज २०७८

बैतडी- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बैतडीका पनि गाउँ/नगर अधिवेशन भएकाे छ । जिल्लाका तीन नगरपालिका र ६ गाउँपालिकामा कांग्रेस अधिवेशन भएकाे हाे । जिल्ला सदरमुकामसमेत रहेकाे दशरथचन्द नगरपालिका सभापतिमा भुवनराज भट्ट प्यानलसहित विजयी भएका छन् । उपसभापतिमा सुरजबहादुर चन्द र हरिशराम टमटा निर्वाचित भएकाछन् । सचिवमा श्यामबहादुर चन्द र गणेश सिंह थापा  चयन हुँदा सहसचिवमा उत्तमराज जोशी र राजेन्द्र बडु विजयी भएका छन् ।



पुर्चौडी नगरपालिका गणेश सिंह गडाल विजयी भएका छन् । उपसभापतिमा इश्वरदत्त भट्ट र वीरबहादुर महरा विजयी भएका छन् । सचिवमा राजबहादुर जोसी र रिकेश महरा चयन हुँदा सहसचिवमा सरोज बम र दिलबहादुर साउद विजयी भएका छन् ।  मेलौली नगरपालिका सभापतिमा प्रमानन्द भट्ट निर्वाचित भएका छन् । उपसभापतिमा भरतसिंह पुजारा र राजबहादर चन्द विजयी भएका छन् । सचिवमा अशोक विष्ट र सुरेन्द्र भट्ट तथा सहसचिवमा महेशदत्त भट्ट र लक्ष्मण पोख्रेल विजयी भएका छन् ।

सूर्नया गाउँपालिकामा प्रतापसिंह महरा सभापति बनेका छन् ।उपसभापतिमा करवीरसिंह ऐरी र राजेन्द्र लुहार, सचिवमा उत्तमबहादुर चन्द र सुन्दरसिंह विष्ट, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा सर्वसम्मत चयन भएका छन् । शिवनाथ गाउँपालिकामा हिरा चन्द सभापति चयन भएका छन् । उपसभापतिमा जयसिंह साउँद र लालसिंह साउँद, सचिवमा केशवदत्त कलौनी र गम्भीरबहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर र लक्ष्मणदत्त पन्त निर्विरोध चयन भएका मतदान अधिकृत जनकबहादुर चन्दले बताए । 

पञ्चेश्वर गाउँपालिकाकाे सभापतिमा रामबहादुर चन्द चयन भएकाछन्  । उपसभापतिमा धीरज चन्द र जमनसिंह साउद चयन हुँदा गजेन्द्र चन्द र टंक प्रशाद तिवारी सचिव बनेका छन् । सहसचिवमा वीरबहादुर चन्द र वीरेन्द्र भण्डारी चयन भएका  छन् ।दोगडाकेदार गाउँपालिका सभापतिमा नन्दराज भट्ट प्यानलसहित विजयी भएका छन्  । उपसभापतिमा रामसिंह विष्ट र कलकुते कार्की चयन भएका छन् ।सचिवमा कर्कराज जोशी र दान बहादुर विष्ट विजयी भएका छन् भने सहसचिवमा सुशीला विष्ट र दीपेन्द्रसिंह कार्की चयन भएका छन् । 

सिगास गाउँपालिका सभापतिमा कर्णबहादुर ऐर निर्वाचित भएका छन् । उपसभापतिमा सुमित्रा ऐर र धनबहादुर साउद विजयी भएका छन् । सचिवमा टेकबहादुर चन्द र भानसिंह धामी तथा सहसचिवमा गोविन्द अवस्थी र प्रकाश जोशी चयन भएका छन् । डिलाशैनी गाउँपालिका सभापतिमा जयराज जोशी निर्वाचित भएकाछन् । उपसभापतिमा राम नाथ र शंकर विष्ट विजयी भएका छन् । सचिवमा मदन नाथ र शंकर पन्त निर्वाचित भएका छन् भने सहसचिवमा दिला नाथ र विक्रम कार्की चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट