माधव नेपालको भाषाशास्त्र- आगामी निर्वाचनमा ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्छ-Sutra News

माधव नेपालको भाषाशास्त्र- आगामी निर्वाचनमा ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्छ

शनिबार, ९ असोज २०७८

शनिबार, ९ असोज २०७८

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् ।



शनिबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा घमण्ड गरेका कारण उनको पार्टी अब धेरै नटिक्ने उनको तर्क रहेको छ ।

अध्यक्ष नेपालले ओलीको दम्भका कारण दुई तिहाइ मत प्राप्त गरेको सरकारले जनअपेक्षालाई लत्याएको आरोप लगाए । उनले ओलीको दम्भ अब धेरै दिन नटिक्ने समेत बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् । उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । ‘

नेकपा एकीकृत समाजवादी पार्टीले देशको वैकल्पिक शक्तिका रुपमा आफ्नो अभियान सुरु गरेको दाबी गर्दै उनले यसमा अन्य दलहरूको समेत साथ रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट