माधव नेपालको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीबाट पारित-Sutra News

माधव नेपालको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीबाट पारित

बुधबार, ६ असोज २०७८

बुधबार, ६ असोज २०७८

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीबाट पारित भएको छ ।



मंगलवारदेखि जारी पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकमा प्रस्तुत प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले ५ वटा समूह बनाएर धारणा राखेका थिए ।

केन्द्रीय सदस्यहरूको छलफल र सुझावसहित राजनीतिक प्रस्ताव पारित भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

केन्द्रीय सदस्यका धारणा तथा प्रश्नमाथि अध्यक्ष नेपालले सारांशमा स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट