टेनिस टोली पाकिस्तान जाने-Sutra News

टेनिस टोली पाकिस्तान जाने

बिहिबार, २४ भाद्र २०७८

बिहिबार, २४ भाद्र २०७८

काठमाडौं- आइटीएफ एसिया १२ एण्ड अन्डर टिम कम्पिटिसनमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली लन टेनिस टोली शुक्रबार पाकिस्तानको इस्लामावाद जाँदैछन् ।



१३-१५ सेप्टेम्बरमा हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले भाग लिने छन् । पुरुषमा बोरिस अधिकारी, निशाद जोशी र दर्सिल श्रेष्ठ तथा महिलामा शिभाली गुरुङ र मान्सा कँडेल रहेका छन् । प्रशिक्षकमा कृष्णराज घले छन् ।

अभिभावकहरु विमला भण्डारी क्षेत्री, रोविन जोशी, नवीन श्रेष्ठ, सीमान्त गुरुङ र पर्शराम कँडेल पनि टोलीसँगै पाकिस्तान जाने छन् ।

उक्त प्रतियोगिता २२ नोभेम्बरदेखि ताजकिस्तानमा हुने एसिया १२ एण्ड अण्डर टिम कम्पिटिसनको फाइनलका लागि दक्षिण एसियाली छनोटका रुपमा रहेको छ । पुरुषरमहिलामा शीर्ष दुई स्थान हात पार्ने राष्ट्रले ताजाकिस्तानको यात्रा सुनिश्चित गर्नेछ ।

टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणा र उपाध्यक्ष केशवराज पाण्डेले बिहीबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट