ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेको सहज जित-Sutra News

ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेको सहज जित

बुधबार, २३ भाद्र २०७८

बुधबार, २३ भाद्र २०७८

काठमाडौं- कतार फिफा विश्वकप छनोटअन्तर्गत युरोपेली छनोट खेलमा स्ट्राइकर मेम्फिस डिपाए र यर्लिङ हालाण्डको ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेले सहज जित निकालेका छन् । मंगलबार राति भएको समूह ‘जि’को  छुट्टाछुट्टै खेलमा घरेलु मैदानमा नेदरल्यान्डले टर्कीलाई ६-० गोल अन्तरले पराजित गरेकाे हाे ।



एक पक्षीय खेलमा नेदरल्यान्डलाई जित दिलाउन बार्सिलोनाका स्ट्राइकर डिपाएले खेलको १६,  ३८ र ५४औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । डिपाएले एक पेनाल्टी  गोल गरेका थिए । यस्तै, नेदरल्यान्डका लागि डाभि क्लासिन, गुस  टिल र डनयेल  मलेनले एक/एक गोल गरे ।

समूह ‘जि’कै अर्को खेलमा यर्लिङ हालान्ड प्रेरित नर्वेले गिब्रार्टारलाई ५-१ गोल अन्तरले पराजित गरेकाे छ । घरेलु मैदानमा नर्वेलाई जित दिलाउन स्ट्राइकर हालाण्डले ह्याट्रिक पूरा गरे ।  उच्च लयमा रहेका हालान्डले खेलको २७, ३९ र ९०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । क्रिष्टियन थोरोस्भेत र एलेक्जाण्डर  सोरलोथले १/१ गोल गरेका थिए । 

जितसँग समूह ‘जि’मा नेदरल्यान्ड र नर्वेको समान ६ खेलबाट १३ अंक छ । गोल अन्तरका आधारमा नेदरल्यान्ड शीर्ष स्थानमा छ । समान ६ खेलबाट ११ अंक बनाएको टर्की तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट