ग्रिजम्यानको गोलमा फ्रान्सको जित-Sutra News

ग्रिजम्यानको गोलमा फ्रान्सको जित

बुधबार, २३ भाद्र २०७८

बुधबार, २३ भाद्र २०७८

काठमाडौं- विश्वकप छनोटअन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्स विजयी भएको छ ।



घरेलु मैदानमा भएको खेलमा फ्रान्सले फिनल्याण्डलाई २-० ले पराजित गरेको हो । फ्रान्सको जितमा दुवै गोल एन्टोनी ग्रिजम्यानले गरेका हुन् ।

उनले २५ र ५३ औँ मिनेटमा गोल गरेर फ्रान्सलाई जित दिलाए । फ्रान्स यसअघिका दुई खेलमा बराबरीमा रोकिएको थियो ।

यो खेल जित्नुअघि फ्रान्सले बोजनिया-हर्जगोविना र युक्रेनसँग बराबरी खेलेको हो । ६ खेलबाट १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानको युक्रेन भन्दा सात अंकले अघि रहेको छ ।

मंगलबार राति नै भएको खेलमा बोजनिया–हर्जगोविना र काजखस्तानले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । अरु खेलमा डेनमार्कले इजरायललाई ५-०, फारोइ आइल्याण्डले माल्डोभालाई २-१ तथा नर्वेले जिब्रालटारलाई ५-१ पराजित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट