नेपाल र पपुवा न्युगिनीको पहिलो एकदिवसीय आज-Sutra News

नेपाल र पपुवा न्युगिनीको पहिलो एकदिवसीय आज

मंगलबार, २२ भाद्र २०७८

मंगलबार, २२ भाद्र २०७८

काठमाडौं- नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच आज पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुदैछ । दुई खेलको सिरिजअन्तर्गत नेपालले आज ओमानमा पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो ।



ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार बिहान ११:१५ बजे सुरु हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग खेल्न लागेको हो ।

अहिलेसम्मका ४ भेटको नतिजाले नेपालभन्दा पीएनजीलाई बलियो देखाएको छ । नेपालले पीएनजीविरूद्ध एक मात्र जित निकालेको छ । नेपालले सन् २०१८ को मार्चमा पीएनजीलाई हराएको थियो । जिम्बावेमा भएको विश्वकप छनोटमा नेपालले पीएनजीमाथि ६ विकेटको जित निकालेको थियो ।

त्यसअघि सन् २००५ फेब्रुवरीमा भएको पहिलो भेटमा नेपाल पीएनजीसँग ७० रनले पराजित भएको थियो । यस्तै २०१५ मा यूएईमा भएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपाल २ विकेट र दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो ।

यसअघिका आँकडा जे जस्ता भएपनि यसपटक जितको एक मात्र लक्ष्यसहित मैदान उत्रने कप्तान ज्ञानेन्द्र मल्लले जनाएका छन् । पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय खेल जीवनबाटै सन्यास लिएकाले उनको अनुपस्थिती टिममा खड्किने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट