बालगोपाल नेपाल यू- २३ का प्रशिक्षक-Sutra News

बालगोपाल नेपाल यू- २३ का प्रशिक्षक

सोमबार, २१ भाद्र २०७८

सोमबार, २१ भाद्र २०७८

काठमाडौं- बालगोपाल महर्जन नेपाल यू-२३ पुरुष फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार राष्ट्रिय फुटबल टोलीका पूर्वमुख्य प्रशिक्षकसमेत रहेका बालगोपाल महर्जनलाई नेपाल यू-२३ टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको हो ।



यसअघि बालगोपालको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि हात पारेको थियो । यस्तै, बालगोपालकै प्रशिक्षणमा नेपाल यू-२३ टोलीले घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक हासिल गरेको थियो ।

बालगोपालले टोलीलाई एएफसी यू-२३ एसिया कप छनोटका लागि प्रशिक्षण गराउनेछन् । मुख्य प्रशिक्षकमा बालगोपाल रहँदा सहायक प्रशिक्षकमा सुजित केसी रहेनछन् । यस्तै, गोलरक्षक प्रशिक्षकमा ललित चन्द रहनेछन् । समूह ‘बी’मा रहेको नेपालले इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ । 

नेपालले पहिलो खेल २५ अक्टोबरमा इरानसँग खेल्दा २८ अक्टोबरमा आयोजक ताजकिस्तानसँग खेल्नेछ । यस्तै, ३१ अक्टोबरमा लेबनानसँग खेल्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट