जर्जियाको पोष्टमा स्पेनको चार गोल-Sutra News

जर्जियाको पोष्टमा स्पेनको चार गोल

सोमबार, २१ भाद्र २०७८

सोमबार, २१ भाद्र २०७८

काठमाडौं- घरेलु टोली स्पेनले जर्जियाविरुद्ध सहज जित निकालेको छ । विश्वकप छनोट तथा युरोपेली छनोट खेलको समूह ‘बी’ को खेलमा स्पेनले जर्जियाविरुद्ध ४-० गोल अन्तरले विजयी भएको हो ।



घरेलु मैदानमा स्पेनलाई जिताउने जोसे लुईस गाया, कार्लाेस सोलर, फेरान टोरेस र पाब्लो सरबियाले १-१ गोल गरे । पहिलो हाफमा ३ गोल गरेको लुईस इन्रिकेको टोलीले दोस्रो हाफमा १ गोल गर्‍याे । 

जितसँगै समूह ‘बी’ मा स्पेन शीर्ष स्थानमा छ । ५ खेलबाट उसको १० अंक छ । पराजित जर्जिया पाँच खेलबाट एक अंकसहित तालिकाको पुछारमा छ ।

समूहमा स्विडेनको तीन खेलबाट नाै अंक, कोसोभाको चार खेलबाट चार अंक र ग्रिसको तीन खेलबाट तीन अंकसहित क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । 

समूहको अर्काे खेलमा कोसोभा र ग्रिसले १-१ गोलको बराबरी खेल्दा एक-एक अंक बाँडे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट