लिंगार्डको दुई गोलमा इंग्ल्याण्डको सहज जित-Sutra News

लिंगार्डको दुई गोलमा इंग्ल्याण्डको सहज जित

सोमबार, २१ भाद्र २०७८

सोमबार, २१ भाद्र २०७८

काठमाडौं- जेसे लिंगार्डले दुई गोल गरेपछि इंग्ल्याण्डले फिफा विश्वकप छनोटमा सहज जित निकालेको छ । आइतबार राति घरेलु मैदान वेम्बलीमा भएको खेलमा इंग्ल्याण्डले एन्डोरालाई ४-० गोल अन्तरले पराजित गरेको हो । 



इंग्ल्याण्डको जितमा जेसे लिंगार्डले दुई गोल तथा ह्यारी केन र बुकायो साकाले एक-एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको इंग्ल्याण्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

जितसँगै युरोेपेली छनोटको समूह ‘आई’बाट इंग्ल्याण्ड शीर्ष स्थानमा छ । पाँच खेल खेलेको इंग्ल्याण्डको १५ अंक छ । एन्डोरा भने पाँच खेलबाट तीन अंकसहित ५ औँ स्थानमा छ ।

साेही समूहको अर्काे खेलमा अल्बानियाले हंगेरीलाई १-० गोल अन्तरले पराजित गरेकाे छ। खेल सकिन तीन मिनेट बाँकी रहँदा अर्माण्डो ब्रोजाले गरेको गोलमा अल्बानिया विजयी भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट