नेपाल-भारत दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज-Sutra News

नेपाल-भारत दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज

आइतबार, २० भाद्र २०७८

आइतबार, २० भाद्र २०७८

काठमाडौं- नेपाल-भारत मैत्रीपूर्ण दोस्रो खेल आज हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५:३० बजे सुरु हुनेछ ।



माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ सम्म आयोजना हुने हुँदैछ ।

यसअघि नेपाल-भारत पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट