कोरोना ग्राफः पछिल्लो २४ घण्टामा १६ सय ६४ संक्रमित-Sutra News

कोरोना ग्राफः पछिल्लो २४ घण्टामा १६ सय ६४ संक्रमित

मंगलबार, १५ भाद्र २०७८

मंगलबार, १५ भाद्र २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १२ हजार २२२ नमुना परीक्षण गर्दा १६ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मंगलबार ९ हजार ११७ नमुना पीसीआर गर्दा १५ सय २३ र ३ हजार १०५ एन्टीजेन परीक्षण गर्दा १४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा १७ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले २० जनाको निधन भएको छ ।

मंगलबार देशभर ८५ हजार १२८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । त्यसैगरी हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ रहेको छ ।

जसमध्ये ३३ हजार २१४ होम आइसोलेसनमा र २ हजार ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ५३७ आइसियूमा र १६४ जना भेन्टिलेटरमा उपचारत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट