लगातार तेस्रो जितसङै टोटनहम शीर्ष स्थानमा-Sutra News

लगातार तेस्रो जितसङै टोटनहम शीर्ष स्थानमा

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

लण्डन- इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा टोटेनहमले लगातार तेस्रो जित निकालेको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा वाट्फोर्डलाई १-० गोल अन्तरले पराजित गर्दै टोटेनहमले लगातार तेस्रो जित निकालेको हो ।



टोटेनहमलाई जित दिलाउन एक मात्र निर्णायक गोल ह्युङ मिन सनले गरे । सनले खेलको ४२औँ मिनेटमा फ्रि किकबाट गोल गरेका थिए । बाँकी समय दुवै टोलीले गोलको प्रयास गरे पनि सदुपयोग गर्न सकेनन् ।

जितसँगै टोटेनहम लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले ३ खेलमा सत प्रतिशत जितसहित ९ अंक जोडेको छ । पराजित वाट्फोर्डले ३ खेलमा ३ अंक जोडेको छ ।

एकै समय भएको अर्को खेलमा बर्नली र लिड्स युनाइटेडले १-१ गोलको बराबरी खेले । बर्नलीका क्रिस उडले गोल गरे । लिड्सका प्याट्रिक बामफोर्डले बराबरी गोल फर्काए । आज राती उल्भ्सले म्यान्चेस्टर युनाइटेडको सामना गर्दै छ  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट