रियल म्याड्रिड शीर्ष स्थानमा-Sutra News

रियल म्याड्रिड शीर्ष स्थानमा

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

काठमाडौं- संघर्षपूर्ण जित निकाल्दै रियल म्याड्रिड क्लब स्पेनिस ला-लिगाको शीर्ष स्थानमा पुगेको छ । शनिबार रातिको खेलमा म्याड्रिडले रियल बेटिसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।



खेलको एकमात्र निर्णायक गोल दोस्रो हाफको ६१ मिनेटमा सम्भव भएको थियो । डिफेण्डर ड्यानी कार्भाजलले हेडिङ मार्फत गोल गरेका थिए । 

जितसँगै अपराजित रहेको रियल ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । समान ७ अंक नै भए पनि सेभिया, भ्यालेन्सिया र मलोर्का गोल अन्तरमा शीर्ष चारमा छन् । पराजित बेटिस २ अंकसहित १४औं स्थानमा छ ।

राति नै भएका अन्य खेलमा सेल्टा डि भिगोलाई एट्लेटिको बिल्वाओले १-० तथा रियल सोसिडाडले लेभान्तेलाई १-० गोल अन्तरले पराजित गरे । इल्चे र सेभियाले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट