इन्टर मिलानको लगातार दोस्रो जित-Sutra News

इन्टर मिलानको लगातार दोस्रो जित

शनिबार, १२ भाद्र २०७८

शनिबार, १२ भाद्र २०७८

काठमाडौं- इटालियन सिरिज ‘ए’ मा साविक विजेता इन्टर मिलानले लगातार दोस्रो जित हात पारेकाे छ ।



शुक्रबार राति भएको खेलमा घरेलु टोली हेलास भेरोनालाई ३-१ गोल अन्तरले हराउँदै इन्टरले लगातार दोस्रो जित निकालेको हो ।

इन्टरको जितमा तीन वटै गोल कोपा अमेरिकी विजेता अर्जेन्टिनाका स्टार खेलाडीले गरेका थिए । जोआक्विन कोरियाले दुई गोल गर्दा लौटारो मार्टिनेजले एक गोल गरेका थिए । पराजित भेरोनाको लागि इभान इलिकले एक सान्त्वना गोल गरे ।

खेलमा अग्रता भने घरेलु टोली भेरोनाले बनाएको थियो । उसका इभानले १५ मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा अग्रता जोगाएको भेरोना दोस्रो हाफमा भने निरीह रह्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट