काठमाडौं जिल्ला प्रशासनको टोलीद्वारा अनुगमन, माक्स नलगाउने ६८ जनालाई कारबाही-Sutra News

काठमाडौं जिल्ला प्रशासनको टोलीद्वारा अनुगमन, माक्स नलगाउने ६८ जनालाई कारबाही

आइतबार, ६ भाद्र २०७८

आइतबार, ६ भाद्र २०७८

काठमाडौं- कोरोनाविरुद्धमा चालेका कदम प्रभावकारीका बारेमा काठमाडौं जिल्ला प्रशासन कार्यालयको टोलीले काठमाडौंका विभिन्न स्थानमा अनुगमन गरेको छ । टोलीले आइतबार काठमाडौंको वसन्तपुर, विशाल बजार र काठमाडौं मलका साथै सुन्धरा क्षेत्रमा अनुगमन गरेको हो ।



अनुगमनका क्रममा माक्स नलगाउने ६८ जनालाई कारबाही गरेको र केहीलाई सम्झाइबुझाइ छाडेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताए ।

उनले विशाल बजार र काठमाडौं मलमा अधिकांश व्यापारी र सर्वसाधारणले समेत सुरक्षा मापदण्ड पालना नगरेको पाइएको बताए ।

पौडेलले कोरोना महामारी नियन्त्रणका लागि सर्वसाधारण पनि सचेत हुनुपर्ने र स्वास्थ्य मापदण्डको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट