आज केही स्थानमा भारी वर्षाको सम्भावना-Sutra News

आज केही स्थानमा भारी वर्षाको सम्भावना

शनिबार, ५ भाद्र २०७८

शनिबार, ५ भाद्र २०७८

काठमाडौं- देशभरको मौसम शनिबार सामान्यदेखि पूर्ण बदली भइ विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनी न्यून चापीय प्रणाली नेपालबाट केही दक्षिण तर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।



शनिबार दिउँसो देशभर नै सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । त्यसैगरी पहाडी क्षेत्रमा गेग्रानसहितको बहाव, बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट