स्वास्थ्य मन्त्रालयलाई गगन थापाको चेतावनी- विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर-Sutra News

स्वास्थ्य मन्त्रालयलाई गगन थापाको चेतावनी- विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका नेता गगन थापाले वैकल्पिक माध्यमबाट विभिन्न तहको परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।



 

उनले मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री देउवाले यस विषयलाई गम्भीरताका साथ लिनुभएको र तत्काल पहलकदमी लिई ठोस निर्णय लिने विश्वास दिलाएको थापाले बताएका छन् ।

 

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले एउटै हलमा धेरै विद्यार्थी राख्दा हुने संक्रमणको जोखिम भएको र संक्रमितलाई समेत छुट्टै व्यवस्था नहुँदा उनीहरू आफ्नो अवस्था लुकाइ परीक्षा दिन बाध्य भएको बुधबार सामाजिक सञ्जालमार्फत् बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोनाको तेस्रो लहरबारे बताइरहने र अर्कोतर्फ परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने ? भन्दै मन्त्रालयलाई थापाले प्रश्न गरेका छन् ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्नुपर्ने नभएर वैकल्पिक माध्यमबाट परीक्षा चलाउन मन्त्रालयलाई सुझाव दिएका छन् ।

नेता थापाले विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर्न स्वास्थ्य मन्त्रालयलाई चेतावनी समेत दिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट