सरकारमा आएको एक हप्ता नहुँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले फेरेको यो बोली-Sutra News

सरकारमा आएको एक हप्ता नहुँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले फेरेको यो बोली

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएको एक हप्ता पनि पुरा नहुँदै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो बोली फेरेका छन् ।



कोरोना संक्रमणको जोखिम कायम रहेको बेला परीक्षा लिने या नलिने सम्बन्धमा उनले आफ्नो बोली फेरेका हुन् ।

उनले सोमबार दिउँसो माध्यमिक तथा त्रि.वि.का सबै परीक्षा स्थगन गरेर आन्तरिक मूल्यांकनबाट नै नतिजा सार्वजनिक गर्ने भन्ने घोषणा गरेका थिए ।

तर राज्यमन्त्री श्रेष्ठले त्यो घोषणा गरेको केही समय नबित्दै सङ्क्रमण दर बढ्दै गएमा मात्र परीक्षा स्थगन हुने बताएका थिए ।

‘सङ्क्रमण बढ्दै छ । सङ्क्रमण दर बढ्दै गएमा मात्र परीक्षा स्थगन हुनेछ । यसबारेमा शिक्षा मन्त्रालयसँग छलफल हुनै बाँकी छ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट