कस्तो रहला आजको मौसम ?-Sutra News

कस्तो रहला आजको मौसम ?

बुधबार, १३ साउन २०७८

बुधबार, १३ साउन २०७८

काठमाडौं- देशभरका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।



जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुन न्यून चापिय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहेको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएकाे छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट