एमालेकै ‘बिकाउ माल’ले प्रतिगमन गराए – ओली  -Sutra News

एमालेकै ‘बिकाउ माल’ले प्रतिगमन गराए – ओली  

आइतबार, १० साउन २०७८

आइतबार, १० साउन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा प्रतिगमन भएको दाबी गरेका छन् । अखिल नेपाल महिला संघको बैठकलाई भर्चुअल सम्बोधन गर्दै ओलीले देशमा प्रतिगमन भएको र अप्ठेरोमा परेको बताएका हुन् ।



‘अब देशमा धेरै अप्ठेरो छ, प्रतिगमन धेरै अघि गइसकेको छ,’ ओलीले भने, ‘अहिलेसम्म बाटो बिराएकाहरूलाई पार्टीमा फर्किन आग्रह गर्न चाहन्छु । म दोहोर्याएर भन्छु, पार्टीका लागि सामाजिक अभियान मुख्य विषय थियो । तर अहिले राजनीतिक विषय मुख्य बनेको छ । यो प्रतिगमन सच्याउन र अन्तरघातीहरूलाई नंग्याउन सफल हुँदैनौं, तबसम्म राजनीतिक प्रश्न महत्त्वपूर्ण बनेको छ ।

उनले वरिष्ठ नेता नेपाललाई बिकाउ माल भन्दै एमालेमा त्यस्ता प्रवृत्तिका लागि कुनै ठाउँ नरहेको दोहोर्याए ।

‘पार्टीलाई ध्वस्त पार्नेहरू बाट पार्टीलाई जोगाऔं । एमालेलाई बिकाउ मालहरूको झुण्ड होइन, सिद्धान्तमा केन्द्रित भएको र अनुशासनमा बाँधिएको फराकिलो  विचार भएको जनपक्षीय पार्टी बनाऔं,’ ओलीको भनाइ थियो ।

उनले केही दर्जनले आफूलाई साथ नदिएको भएपनि तीन करोड जनता आफ्नो पक्षमा रहेको दाबीसमेत गरे ।

‘ओलीका सुन्डहरू आएर दुख दिए अरे । देशको सबैभन्दा बढी जनसंख्या केपी ओलीको साथमा छ । एउटा दुईवटा कसैले कविता सविता भनेर लेखेको छ । एमाले गुण्डा दल होइन, परिपक्व पार्टी हो । ओलीलाई मुख छाडेर जिविका चलायो भने म खुसी हुन्छु । तीन करोड जनसंख्यामा केही दर्जन मान्छेहरू यसमा लागेका छन्,’ ओलीले आफ्नै पार्टीका नेताहरूमाथि निशाना साँधे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट