साताको शेयर बजार- ४२ अर्ब ५१ करोडको कारोबार-Sutra News

साताको शेयर बजार- ४२ अर्ब ५१ करोडको कारोबार

शनिबार, ९ साउन २०७८

शनिबार, ९ साउन २०७८

नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ ।



 बजार पूँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ । नयाँ सरकार गठन भएपछि लगानीकर्तामा विश्वाससमेत बढेको पाइएको छ । नेप्से परिसूचकसमेत तीन हजार विन्दुमा पुगेको छ ।

 यो हालसम्मकै शीर्ष स्थान हो । बजारमा झण्डै एक महिना जस्तो ‘करेक्शन’ देखियो । लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्नुपर्ने तथा अन्य आर्थिक कारोबार मिलाउनु पर्ने भएकाले पनि असारको अन्तिम दुई साता बजारमा करेक्शन देखिएको हो ।

 आर्थिक वर्षको पहिलो कारोबार दिन साउन ३ गते नेप्सेमा हरियाली छाएको छ । गत आर्थिक वर्षमा ऐतिहासिक रेकर्ड कायम गरेको शेयर बजारमा वर्षको पहिलो कारोबार दिनमा पनि सोही उत्साह देखिएको छ । यस साता चार दिनमात्रै शेयर बजारमा कारोबार भयो ।

बुधबार सार्वजनिक बिदा परेकाले पनि कूल चार दिनमात्रै कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यही साउन ३ गते पुनः स्थापित संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै हुनुहुन्थ्यो । सो दिन शेयर बजारले पछिल्लो राजनीतिक घटनाक्रमलाई स्वागत ग¥यो ।

यस साता कूल २२२ कम्पनीको रु ४२ अर्ब ५१ करोड ३५ लाख ९६ हजार ९८४ बराबरको कारोबार भयो । नेप्सेका अनुसार यस साता कूल १५ करोड ४० लाख छ हजार ७०२ कित्ता शेयर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट