सुनको कारोबार गर्दै हुनुहुन्छ ? यस्तो छ आजको दरभाउ-Sutra News

सुनको कारोबार गर्दै हुनुहुन्छ ? यस्तो छ आजको दरभाउ

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

काठमाडौँ । कारोबारको अन्तिम दिन आज शुक्रबर नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको थियो ।



सुन योभन्दा अगाडी गत बुधबार र बिहीबार लगातार ७०० रुपैयाँले सस्तो भएको थियो ।

आज सुनको भाउ प्रतितोला तीन सय बढेको छ । आज तीन सयले बढ्दै  छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन ९१ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यता चाँदी आज तोलाको १ हजार २८० रुपैयाँ कायम छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट