दोहोरो अंकले बढ्यो नेप्से, आज ११ अर्बमाथिको कारोबार-Sutra News

दोहोरो अंकले बढ्यो नेप्से, आज ११ अर्बमाथिको कारोबार

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

केही दिनदेखि लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अंकले बढेर बन्द भएको छ ।



आज १८.६७ अंकले बढेर ३ हजार ०४.३३ अंकमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स भने ४ दशमलव शून्य ६ अंकले बढेर ५६२ दशमलव २४ विन्दुमा पुगेको छ ।

आज २२२ ओटा कम्पनीको १ लाख १४ हजार ७७२ पटकको व्यापारमा रू. ११ अर्ब ११ करोड ४१ लाख २१ हजार बराबरको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर कारोबार भएको छ ।

सर्वाधिक हिस्सा भने कृषि विकास बैंकले ओगटेको छ । यस दिन उक्त बैंकको रू. ४६ करोड २७ लाख ६४ हजार बराबरको शेयर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट