आइपिओ जारी गर्दै मानुषी लघुवित्त र सानिमा लाइफ, कति कित्ता भर्ने ?-Sutra News

आइपिओ जारी गर्दै मानुषी लघुवित्त र सानिमा लाइफ, कति कित्ता भर्ने ?

शनिबार, २ साउन २०७८

शनिबार, २ साउन २०७८

काठमाडौं- धितोपत्र बोर्डले मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सलाई प्राथमिक शेयर (आइपिओ) जारी गर्न अनुमति दिएको छ ।



मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बिक्री गर्न अनुमति दिएको बोर्डका सूचना अधिकारी रुपेश केसीले जानकारी दिए ।

मानुषी लघुवित्तले २०७८ वैशाख १३ गते  र सानिमा लाइफ इन्स्योरेन्सले २०७८ जेठ ९ गते बोर्डसँग शेयर बिक्रीका लागि अनुमति माग गरेका थिए ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने ६० लाख कित्ता शेयरमध्ये कर्मचारीहरू र सामूहिक लगानी कोषका लागि समान ५ प्रतिशतले हुन आउने ३३ लाख गरी ६ लाख कित्ता छुट्टाएर बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई जारी गर्नेछ ।

सानिमा लाईफ इन्स्योरेन्सको आइपिओको बिक्री प्रबन्धक प्रभु क्यापिटल र मानुषी लघुवित्त वित्तीय संस्थाको विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट