नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ५ अर्बमा समेटियो-Sutra News

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ५ अर्बमा समेटियो

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

साताको चौथो दिन आज बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ ।



आज नेप्से परिसूचक १.०१ अंकले बढेर २ हजार ८७२.०५ विन्दुमा पुगेको हो । आज सेन्सेटिभ इन्डेक्स भने ०.१४ अंकले घटेर ५३९.३८ विन्दुमा पुगेको छ । 

बुधवार २१४ ओटा कम्पनीको रू. ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार बराबरको शेयर कारोबार भएको छ । उक्त रकम बराबरको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर कारोबार भएको हो ।

आज जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यस दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक २ दशमलव ७१ प्रतिशतले बढेको हो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट