फेरि बढ्यो सुनचाँदीको मूल्य-Sutra News

फेरि बढ्यो सुनचाँदीको मूल्य

बिहिबार, २० बैशाख २०८१

बिहिबार, २० बैशाख २०८१

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य फेरि बढेको छ । मंगलबारको तुलनामा बुधबार ह्वात्तै घटेको सुनको मूल्य बिहीबार घटेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

महासंघका बिहीबार छापावाल सुनको मूल्य एक लाख ३६ हजार ५ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य एक लाख ३५ हजार ८५० रुपैयाँ कायम भएको छ ।

सुनको मूल्यमा उतारचढाव आउँदा चाँदीको मूल्यमा पनि उतारचढाव आएको महासंघले जनाएको छ । मंगलबारको तुलनामा बुधबार घटेको चाँदीको मूल्य बिहीबार भने बढेको छ । बुधबारको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले महासंघले जनाएको छ ।

बिहीबार चाँदी तोलाको ६४५ रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट