बुधबार पनि घट्यो डलरको मूल्य, कति पुग्यो ?-Sutra News

बुधबार पनि घट्यो डलरको मूल्य, कति पुग्यो ?

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९० र विक्रीदर ११९ रुपैयाँ ५० पैसा रहेको छ ।  यो दर हिजोको भन्दा कम हो ।



त्यस्तै आज यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७४ पैसा र विक्रीदर १६५ रुपैयाँ ५७ पैसामा झरेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर नेपाली १२९ रुपैयाँ ८० पैसा र विक्रीदर १३० रुपैयाँ ४५ पैसामा झरेको छ ।

यता युरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८० पैसा र विक्रीदर १४१ रुपैयाँ ५१ पैसामा झरेको छ भने त्यस्तै अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८८ रुपैयाँ ९४ पैसा र विक्रीदर ८९ रुपैयाँ ३९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट