आजदेखि पेट्रोल पम्प बन्द-Sutra News

आजदेखि पेट्रोल पम्प बन्द

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

काठमाडौं- पाँच विद्यार्थी संगठनले आजदेखि देशभरका पेट्रोल पम्प तथा ढुवानीका ट्यांकरहरू बन्द गर्ने घोषणा गरेका छन् ।



पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूले आन्दोलनकै कार्यक्रम अन्तर्गत पेट्रोल पम्प र ढुवानीका साधन बन्द गर्ने जनाएका हुन् ।

यसअघि असार २४ गते विद्यार्थी संगठनले मूल वृद्धि फिर्ता लिन चेतावनीसहित नेपाल आयल निगमको ध्यानाकर्षण गराएका थिए ।

मंगलबार नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) ले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘ध्यानाकर्षणको अवज्ञा गरिएमा त्यसबाट उत्पन्न सबै परिस्थितिको जिम्मेवारी व्यवसायीहरु र एसोसिएसन आफैँ हुने’ चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट