फेरी बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?-Sutra News

फेरी बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ ।



आज सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै आज तेजाबी सुन पनि प्रतितोला २०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट