एम्बुलेन्स चालक र नर्सलाई दिइयो मदन भण्डारी पुरस्कार [फोटोहरूसहित]-Sutra News

एम्बुलेन्स चालक र नर्सलाई दिइयो मदन भण्डारी पुरस्कार [फोटोहरूसहित]

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको मदन भण्डारी पुरस्कार कीर्तिपुरका एम्बुलेन्स चालक बलबहादुर गुरुङ र भेरी अञ्चल अस्पतालकी नर्स सुनिता सहकारीलाई प्रदान गरेका छन् ।



pura.jpg

जननेता मदन भण्डारीको ७० औं जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसन द्वारा सोमबार आयोजित मदन भण्डारी पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रममार्फत् पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि जनही एक लाख रुपैयाँ छ ।  

नर्स सहकारीले कोभिडका कारण आफ्ना आफन्त गुमाउँदा पनि र रक्त क्यान्सर भएका पति गुमाउनु पर्दा काजक्रियाका दिन बाहेक अरु बेला उपचारमा दत्तचित्त भएर संलग्न रहेकोमा पुरस्कार दिइएको थियो ।

pu.jpg
अर्का पुरस्कृत चालक गुरुङले कोभिड-१९ को उत्पत्तिस्थल बुहानबाट आएका नेपाली विद्यार्थीलाई ल्याउने कामदेखि अनवरत रुपमा कोरोना विरामीको सेवा गर्दै आएका छन् ।

कार्यक्रममा प्रधानमन्त्रीले जननेता मदन भण्डारी र संविधान विषयक खुल्ला निबन्ध प्रतियोगिताका विजयीहरुलाई समेत पुरस्कार वितरण गर्नुका साथै प्रतिष्ठानद्वारा प्रकाशित मदन भण्डारी सम्बन्धी पुस्तकको लोकार्पण समेत गरेका थिए ।

purasar..jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट