स्वस्थ रहन बिहानै उठेर गर्नुहोस् यी काम, यसरी लिनुहोस् स्वासप्रस्वास-Sutra News

स्वस्थ रहन बिहानै उठेर गर्नुहोस् यी काम, यसरी लिनुहोस् स्वासप्रस्वास

आइतबार, २३ जेष्ठ २०७८

आइतबार, २३ जेष्ठ २०७८

श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले जीवित मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ ।



बिहान ५ मिनेट जति लामो श्वास लिने र छाड्ने गर्नुपर्दछ । त्यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही फाइदाहरु यस प्रकारका छन्ः

१. तनावमुक्त बनाउँछ : गहिरो श्वासले शरीरमा अक्सिजनको प्रवाह बढाउँदछ र तनाव, चिन्ता र त्रास घटाउँछ ।

२ . शरीरको बिष फालिदिन्छ : श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निष्कासन गरिदिन्छ ।

३. दिमागलाई शान्त बनाइदिन्छ : अत्याधिक तनाव र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरीरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

४. अन्य अंगलाई पनि सहयोग : गहिरो श्वासप्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्द्रालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रवाह गरिदिन्छ ।

बिहान उठ्नेबित्तिकै के गर्ने के नगर्ने ? 

– बिहान सबेरै उठ्नुपर्छ । ढिलासम्‍म सुन्ते बानी त्याग्नुहोस् । सूर्य उदाउनु अगाडि उठ्नु अत्याधिक राम्रो हुन्छ।

– बिहान उठ्ने बित्तिकै नित्यकर्म गरेर मधुरो आवाजमा भजन/किर्तन सुन्नुहोस् ।

-वादविवाद गर्ने काम गर्दै नगर्नुस्।

– मोबाइलबाट धेरैबेर कुरा नगर्नुस्। मेसेँजर वा सामाजिक सञ्जालमा धेरै समय नबिताउनुहोस् । ल्यापटप वा ईलेक्ट्रोनिक डिभाईसमा बस्दै नबस्नुस् । टिभिमा नझुण्डिनुहोस् ।

-आजको दिन कसैसँग चित्त दुखाउँदिन, गुनासो गर्दिन, आशा राख्दिन बरु सकेको सेवा गर्नेछु भन्ने प्रण गर्नुहोस् । बिहान कसैमाथि रिस नदेखाउनुस्। कसैले काम बिगारेको छ भने नम्र भएर सुल्झाउनुहोस् । अपशब्द बोल्दै नबोल्नुहोस् ।

-अचेल धेरैको बानी छ – ब्युझिनेबित्तिकै फोन चलाउने र २ घण्टासम्मै सिरकमा गुटमुटीने । अथवा बिहान बिछ्यौनामा पल्टेर टीभी हेर्ने । यो बानी त्याग्नुहोस् ।

-ज्योतिषीहरु भन्छन्, ‘बिहान उठ्ने बित्तिकै ऐना नहेर्नुहोस् बरु चिटिक्क परेर काममा निस्कँदा वा अध्ययनका लागि निस्कँदा वा फ्रेस भएर ऐना हेर्नुहोस् ।’ असरल्ल कपाल, सुन्निएका आँखा, अनिदोजस्तो अनुहारमा ऐना हेर्दा नकारात्मक भाव उत्पन्न हुन्छ ।

– बिहान उठ्ने बित्तिकै जर्‍याकजुरुक्क गर्नुहुन्न । बिस्तारै वार्म अप गरेर अनि ध्यान योगा, अभ्यास जिम गर्नुपर्छ । बिहानै घरको छत, बार्दलीमा गएर आफ्नो वा अरुको मधुरो छायाँ नहेर्नुस्।

-दिनको सुरुवात मनतातो पानीबाट गर्नुहोस् । दूध हालेको चिया खाँदै नखानुस्।

-बिहान मसलेदार पिरो अमिलो चिल्लो खाना नखानूस्। बिहानै खैनी चुरोट बिँडी गाँजा जस्ता धुमपान र मद्यपान नगर्नुहोस् । कलेज जाने युवाहरु दुध चिया र चुरोट हातमा लिन्छन् यी कामहरु आजै बन्द गर्नुहोस् ।

-बिहान मनतातो पानी, कालो चिया, ग्रिन टि, हर्बल टि, तुलसीको पातको चिया, कागति राखी मह मिसाएको तातोपानी पनि प्रयोग गर्न सक्नुहुन्छ ।

-सकारात्मक सोँच राख्नुहोस् । अरुको सेवामा खुशी मिल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट