चौधरी ग्रुपद्धारा इन्टरनेट सेवा सुरु, सबैभन्दा सस्तो भएको दाबी-Sutra News

चौधरी ग्रुपद्धारा इन्टरनेट सेवा सुरु, सबैभन्दा सस्तो भएको दाबी

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौं । चौधरी ग्रुपको सीजी कम्युनिकेसन्सले काठमाडौं उपत्यकामा इन्टरनेट सेवाको सुरुवात गरेको छ ।



सुरुमा इन्टरनेट सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुने कम्पनीले जनाएको छ । सुरुवाती चरणमा जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले इन्टरनेट सेवा प्रयोग गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनिले अबको १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार गराउने लक्ष्य राखेको छ ।

इन्टरनेट प्रयोगकर्ताहरुले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ ।

सुरुमा कम्पनीले १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकेको छ  ।

त्यस्तै तीन महिनाको लागि २ हजार ९९७  र  ६ महिनाको लागि जडान गर्नका लागि ५ हजार ९९४ रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीका अनुसार वार्षिक प्याकेज लिन चाहनेका लागि जडान र राउटर निशुल्क गरिएको छ । उल्लेखित जडानहरुमा केवल निशुल्क प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट