थप कडाइका साथ काठमाडाैँ उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी , सिडीओको बैठक बस्दै-Sutra News

थप कडाइका साथ काठमाडाैँ उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी , सिडीओको बैठक बस्दै

मंगलबार, ११ जेष्ठ २०७८

मंगलबार, ११ जेष्ठ २०७८

काठमाडौँ । कोरोना संक्रमण तथा जोखिम न्युनिकरणको लागी गरिएको निषेधाज्ञालाई थप लम्ब्याउनका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।



काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक दिउँसो १ बजेपछि बस्ने तयारी छ।

मंगलवार बस्ने बैठकमा अहिलेसम्मको निषेधाज्ञाको मुल्यांकन गरि अवधि थप गर्ने सम्बन्धमा छलफल हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले जानकारी दिए।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि आउँदो बिहीबार राति सकिँदैछ। काठमाडौँ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट