जेठ ९ गते संसदको अधिवेशन बोलाउन सरकारको सिफारिस-Sutra News

जेठ ९ गते संसदको अधिवेशन बोलाउन सरकारको सिफारिस

बिहिबार, ६ जेष्ठ २०७८

बिहिबार, ६ जेष्ठ २०७८

सरकारले जेठ ९ गते संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।



आज बसेको मन्त्रिपरिषद बैठकले संसद अघिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

ओलीले संसदबाट विश्वासको मत नलिने आशयसमेत प्रकट गरेको ती मन्त्रीको भनाइ छ ।

संसदबाट विश्वासको मत नलिई धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्गप्रशस्त गर्ने भन्दै ओलीले मन्त्रीहरूलाई ब्रिफिङ गरेका थिए ।

जेठ १५ गते जसरी पनि बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट