आफ्नो बैंक खातामा एक्कासी ३ करोड आएपछि दंग परिन् यी महिला-Sutra News

आफ्नो बैंक खातामा एक्कासी ३ करोड आएपछि दंग परिन् यी महिला

बुधबार, ५ जेष्ठ २०७८

बुधबार, ५ जेष्ठ २०७८

अमेरिकाको टेक्सास निवासी एक महिला एक दिनका लागि करोडपति बनिन् । बैंकले उनको खातामा गल्तीवश ३७ मिलियन डलर जम्मा गरिदिएको थियो ।



रुथ बलुन नामकी ति महिलाले आफ्नो कामको सिफ्ट सकेर आफ्नो फोनमा एकाउन्ट चेक गरिन् ।

त्यतिबेला दंग परिन् जतिबेला उनले आफ्नो खातामा ३ करोड भन्दा धेरै डलर रहेको देखिन् ।

‘बैंक खातामा यति धेरै पैसा देखेर म खुशी भएँ,’ स्थानीय सञ्चारमाध्यमहरूलाई बलुनले भनिन् ।

केही समय लामो लामो सास लिएपछि बलुनले यो कुरा आफ्नो पतिलाई बताइन् । उनको पतिले यतिधेरै पैसा कसरी आयो भनेर बैंकसँग कुरा गर्न सल्लाह दिए ।

उनले बैंकका अधिकारीहरूसँग यसबारेमा कुरा गरिन् । ‘उनीहरू पनि अचम्म परे,’ बलुनले भनिन्, ‘यत्रो पैसा गल्तीवश मेरो एकाउन्टमा ट्रान्सफर भएको विषय उनीहरूलाई पनि थाहा रहेनछ ।’

बैंकका अधिकारीहरूले उनीसँग माफी मागे र उनको एकाउन्टबाट पैसा फिर्ता गरे ।

‘मलाई लागेको थियो, कसैले मलाई गिफ्ट गर्यो,’ बलुनले भनिन्, ‘तर मेरो खुसी धेरैबेर टिक्न सकेन । त्यो पैसा गल्तीवश मेरो एकाउन्टमा आएको रहेछ । अनि बैंकले पैसा फिर्ता लग्यो ।’

बैंकले कुनै विदेशीले पैसा जम्मा गर्ने क्रममा गल्तीवश उनको एकाउन्ट नम्बर थिचिएको भन्दै विज्ञप्ति नै निकालेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट