जुट्ने भयो जसपा : उपेन्द्र र महन्थबीच सहमति, आजै संयुक्त विज्ञप्ति आउने-Sutra News

जुट्ने भयो जसपा : उपेन्द्र र महन्थबीच सहमति, आजै संयुक्त विज्ञप्ति आउने

मंगलबार, ४ जेष्ठ २०७८

मंगलबार, ४ जेष्ठ २०७८

सत्तासमीकरणका कारण विभाजनको डीलमा पुगेको जनता समाजवादी पार्टी (जसपा) तत्काल विभाजित नहुने भएको छ ।



अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच भइरहेका अनौपचारिक वार्तामा जसपालाई एकढिक्का राख्ने सहमति भएको छ ।

मंगलवार नै दुवै अध्यक्षको संयुक्त विज्ञप्ति आउने ठाकुरनिकट स्रोतले सूत्र न्यूजलाई जानकारी दियो ।

यसअघि दुवै अध्यक्षहरूको अलग अलग विज्ञप्ति आउने गर्दथ्यो ।

जसपामा ठाकुर र राजेन्द्र महतो पक्षले सत्ता गठबन्धनमा तटस्थ रहने निर्णय गरेपछि ओली नै अल्पमतको प्रधानमन्त्री बनेका थिए ।

यादव र डा. बाबुराम भट्टराई भने ओलीलाई विस्थापित गरेर विपक्षी गठबन्धनलाई सहयोग गर्ने मनस्थितिमा थिए ।

यही विभाजित मनस्थितिका कारण जसपा विभाजनको संघारमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट