‘त्यो पर्दैन’ भन्दै ओलीले लिएको सपथमा उपेन्द्रको आपत्ति, राखे ३ माग  -Sutra News

‘त्यो पर्दैन’ भन्दै ओलीले लिएको सपथमा उपेन्द्रको आपत्ति, राखे ३ माग  

आइतबार, २ जेष्ठ २०७८

आइतबार, २ जेष्ठ २०७८

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथ असंवैधानिक भएको दाबी गरेका छन् ।



आइतवार उनले एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्रीको सपथ पुनः हुनुपर्ने बताएका हुन् ।

विज्ञप्तिमा प्रधानमन्त्रीको सपथ ग्रहणसँगै राजदूत नियुक्ति र कोरोना नियन्त्रण र रोकथामको विषय पनि उठाइएको छ ।

यस्ता छन् यादवका मागहरू :

१) २०७० वैशाख ३१ गते सम्माननीय प्रधानमन्त्रीको सपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्याशमा प्रतिज्ञा गर्दछ नभनी ’सत्यनिष्ठापूर्वक त्यो पर्दैन’ भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मयांदा र गरिमामा गभीर आंच पुगेको हुँदा उक्त शपथग्रहण वदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ ।

२) नेपालको संविधानको धारा २८२ र २८३ मा समावेशी सिद्धान्तबमोजिम राजदुतहरू नियुक्ति गर्नुपर्ने व्यवस्था भएकोमा पटक–पटक राजदुतहरू नियुक्ति गदा समावेशी आधारमा नगरेको र त्यस्को मापदण्ड समेत उल्लङ्घन भए गरेको छ। यस्ता राजनीतिक नियुक्तिहरूमा वर्तमान सरकारले मधेशी, आदिवासी जनजाति, महिला, दलित, थारु लगायतका समुदायहरूको संविधानको व्यवस्था विपरित न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेका छन् । अतः राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशी मान्यता तथा त्यस सम्बन्धी मापदण्डका आधारमा नियुक्ति गर्न हाम्रो पार्टी माग गर्दछ ।

३) देशमा हाल देखा परेको कोभिडको दोश्रो लहरले नेपाली जनताहरू आक्रान्त छन् । यस्तो अवस्थामा पनि सरकारले जिम्मेवारीपूर्वक आपतकालिन व्यवस्थापन गर्न पर्याप्त ध्यान नदिएको मात्र होइन अस्पतालहरूमा कोभिडका विरामीहरुका लागि बेड, अक्सिजन, भेन्टिलेटर र औषधीको समेत अभावले जनता अकाल मृत्युवरण भइरहेको छ । स्वास्थ्यकर्मी, डास्टर अर्थात आवश्यक जनशक्ति बेड, अक्सिजन, भेन्टिलेटर र औषधीको यथाशिघ व्यवस्था गर्नुपर्दछ ।

upendra yadav.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट