नेपालमा कोरोना संक्रमित क्रमशः घट्दै, २४ घण्टामा ८१६७ संक्रमित थपिए-Sutra News

नेपालमा कोरोना संक्रमित क्रमशः घट्दै, २४ घण्टामा ८१६७ संक्रमित थपिए

शनिबार, १ जेष्ठ २०७८

शनिबार, १ जेष्ठ २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८७ जनाको मृत्यु भएको छ ।



यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार शनिबार थप ८ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा १७ हजार ९ सय ७१ पीसीआर तथा ५ सय ७७ एन्टिजेन परीक्षण भएको छ ।

शनिबार ५ हजार ४ सय ५५ संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट