काठमाडौंमा सर्वाधिक संक्रमित, एकैदिन थपिए २४५८ जना-Sutra News

काठमाडौंमा सर्वाधिक संक्रमित, एकैदिन थपिए २४५८ जना

शुक्रबार, ३१ बैशाख २०७८

शुक्रबार, ३१ बैशाख २०७८

काठमाडौं- जिल्लामा देशभरकै सर्वाधिक २ हजार ४५८ संक्रमित थपिएका छन् ।



त्यस्तै ललितपुरमा ५५६, भक्तपुरमा ३३५, रुपन्देहीमा ५२२ र मोरङमा ४३४ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ । यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् । नेपालमा संक्रमितमध्ये ३ लाख २ठ हजार ६५३ निको भएका छन् ।

त्यस्तै २ सय ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड-१९ को संक्रमणबाट ४ हजार ६६९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट