संखुवाभामा एकै परिवारका ४ जनामा लक्षणसहित कोरोना, हेलिकप्टर चार्टड गरी काठमाडाैं ल्याइयो-Sutra News

संखुवाभामा एकै परिवारका ४ जनामा लक्षणसहित कोरोना, हेलिकप्टर चार्टड गरी काठमाडाैं ल्याइयो

सोमबार, १३ बैशाख २०७८

सोमबार, १३ बैशाख २०७८

काठमाडाैं – कोरोना संक्रमण देखिएको छ । संखुवासभामा उद्योग वाणिज्य संघ अध्यक्ष युवराज शाक्यको परिवारका ४ जनालाई कोरोना संक्रमण देखिएपछि आज हेलिकप्टर चार्टर गरी काठमाडाैं ल्याइएको छ।



सोमबार उनीहरूको परीक्षण रिपोर्ट पोजेटिभ आएको  जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिए। श्रेष्ठको परिवारबाहेक थप एक जनामा पनि संक्रमण देखिएको छ। 

आज बिहान करिब १० बजे सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरूलाई काठमाडाैंको मेडिसिटी अस्पताल ल्याइएको पारिवारिक स्रोतले बताएको छ। 

दोस्रो लहरको र कडाखाले संक्रमण भएकाले रेफर गरिएको खादबारी अस्पताल संखुवासभाले जनाएको छ। श्रेष्ठका परिवारका एक जनामा स्वासप्रस्वासको समस्या देखिएको छ भने अन्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। 

लक्षण देखिएकाले हेलिकप्टर नै चार्टड गर्नुपरेको आफन्तले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट