सबै तहका सबै परीक्षा भोलिदेखि नै रोक्न सिसीएमसीको मन्त्रिपरिषद्लाई सिफारिस-Sutra News

सबै तहका सबै परीक्षा भोलिदेखि नै रोक्न सिसीएमसीको मन्त्रिपरिषद्लाई सिफारिस

आइतबार, १२ बैशाख २०७८

आइतबार, १२ बैशाख २०७८

काठमाडौं- कोरोना संकट व्यवस्थान केन्द्रले सबै तहको परीक्षा तत्काल रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।



एक मन्त्रीले दिएको जानकारीअनुसार (भोलि) सोमबारदेखि नै सिसिएमसीको बैठकले कोरोना संक्रमणलाई नियन्त्रण गर्न विद्यालय तथा विश्वविद्यालय तहमा चलेको परीक्षा राेक्ने निर्णय गरेको हो ।

हाल स्नातकको विभिन्न तहको परीक्षा सञ्चालन भइहरेको र हुने क्रममा छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले स्थान हेरेर निषेधाज्ञा र लकडाउन गर्न सिफारिसमेत गरेको छ ।

पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । विज्ञहरूले तत्काल स्वास्थ्य सावधानी अपनाउन सरकारलाई सुझाव दिएका छन् ।

आइतबार (१२ वैशाख) मात्रै ३१ सय २२ जना कोरोना संक्रमित भएका छन् भने २८ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट