कैलालीमा आज थप एक कोरोना संक्रमितको मृत्यु-Sutra News

कैलालीमा आज थप एक कोरोना संक्रमितको मृत्यु

आइतबार, १२ बैशाख २०७८

आइतबार, १२ बैशाख २०७८

धनगढी – कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। गोदावरी नगरपालिका ३ का ६२ वर्षीय उपचाररत पुरुषको आइतबार बिहान मृत्यु भएको हो।



वैशाख ८ गते उनी अस्पताल भर्ना भएका र ९ गते उनको निधन भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। उनमा स्वासप्रस्वासको समस्या देखिएको थियो।

हालसम्म गोदावरी नगरपालिकाका १३ जना संक्रमितले ज्यान गुमाएका छन्। भने जिल्लामा ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट