एम्बुलेन्सबाटै भागे सात जना भारतीय कोरोना संक्रमित-Sutra News

एम्बुलेन्सबाटै भागे सात जना भारतीय कोरोना संक्रमित

शुक्रबार, १० बैशाख २०७८

शुक्रबार, १० बैशाख २०७८

कैलालीमा सात जना कोरोना संक्रमित भागेका छन्। आइसोलेसन सेन्टरमा लैजाने क्रममा कोरोना पोजेटिभ देखिएका सात जना एम्बुलेन्सबाटै भागेका हुन्।



बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका सात जनामा संक्रमण देखिएको थियो। सातै जना संक्रमितहरु भारतीय नागरिक हुन्। त्रिनगर नाकामा परिक्षण गर्दा गनीहरुलाइ संक्रमण पुष्टि भएको थियो। 

रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउन लागिएको र त्यहीँबाट उनीहरू भागेका त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालय कैलालीका कर्मचारीले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट